पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला आयोजना गर्ने
पाेखरा | पुस १४, २०७९
पोखरा: तराई विद्यार्थी सेवा समाज पोखरा विश्वविद्यालयले पहिलो पटक संस्कृति मेला २०७९ आयोजना गर्ने भएको छ ।
पोखरा विश्वविद्यालयले इतिहासमै पहिलो पटक संस्कृति मेला २०७९ को आयोजना गर्न लागेको एक समारोहको आयोजना गर्दै जानकारी दिएको हो ।
मेलामा नेपालका चर्चीत हास्य कलाकार आदर्श मिश्राको प्रस्तुतिसँगै सुपर सिक्स क्रिकेट प्रतियोगिता, अनलाइन संस्कृति भिडियो प्रतियोगिता, संस्कृति हाजिरी जवाफ प्रतोयोगिता, संस्कृति वक्तृत्वकला,टग अफा वार ,ट्रेजर हंट प्रतियोगिता,फ्ल्याश मोव, सरसफाइ कार्यक्रम र सरस्वति पुजाको दिन विभिन्न सांस्कृतिक कार्यक्रमहरु रहने समारोह संयोजक शंकर शाहले बताए ।
यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा किरु इन्जिनियरिङ कन्सलटेन्सी, गोल्ड प्रायोजक भेनस इंटरनेशनल कन्सलटेंसी,स्पेसल प्रायोजकमा होटल सत्कार , रोबर्ट इनभेस्टमेन्ट ,२०–२०रेस्टुरेन्ट ,लियो क्लब अफ़ जनकपुरधाम,अन्नपूर्ण ल्याब, फारेस्ट स्पोर्ट्स अरेना,सेज बिजनेस इंटरप्राइजेज् ,सामाजिक केन्द्र नेपाल ,गोदार मार्ट र सिल्वर प्रायोजकको रूपमा ईदु हब एज्युकेशन फाउंडेशन रहेका छन्।
यस संस्कृति मेला २०७९ को पुर्व कार्यक्रमहरु पौषको तेस्रो हप्ता देखी सुरु हुने र माघ १२ गते सरस्वति पुजाको दिन समापन गरिने कार्यक्रमका डायरेक्टर ज्ञानेन्द्र त्रिपाठीले जानकारि दिए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

